
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड डेढ घण्टापछि सञ्चालनमा आएको छ । मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक सोमबार दिउँसो दुईतर्फ अवरुद्ध सडक बनेको डेढ घण्टा लगाएर खुलाइएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो २:१० देखि अवरुद्ध भएको सडक साढे ३ बजेबाट सञ्चालनमा आएको छ । सोमबार बिहान पनि यो सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal