• Menu

अन्तर्राष्ट्रिय बजारसँगै स्थानीय बजारमा पनि बढे सुनचाँदीको भाउ, सुन २ लाख ८५ हजार पुग्यो

नेपाल प्रफिट

२०८३ साउन १५, शुक्रबार ११:३८

अन्तर्राष्ट्रिय बजारसँगै स्थानीय बजारमा पनि बढे सुनचाँदीको भाउ, सुन २ लाख ८५ हजार पुग्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा एक हजार र चाँदी ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३६० कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ३१० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको चाँदी चार हजार ३२० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७० र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।