काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा चार हजार तीन सय घटेको छ भने चाँदी पनि एक सय ३५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार तीन सय १० कायम भएको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो ।