• Menu

प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ सुरु : वाग्लेले पेस गरे कार्ययोजना, सांसदहरूद्वारा निष्पक्ष निर्वाचनमा जोड

नेपाल प्रफिट

२०८३ साउन १२, १४:२१

प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ सुरु : वाग्लेले पेस गरे कार्ययोजना, सांसदहरूद्वारा निष्पक्ष निर्वाचनमा जोड

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ ।

समितिको मंगलबारको बैठकमा प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं) को सुनुवाइको कार्यसूची राखिउको थियो । प्रस्तावित आयुक्तहरूबारे उजुरीको प्रक्रिया पूरा भएपछि उनीहरूले कार्ययोजना प्रस्तुत गर्न समय दिइएको हो । बैठकमा समितिका सदस्यहरूका जिज्ञाशाबारे प्रस्तावित आयुक्त वाग्लेले स्पष्ट पारेका थिए । प्रस्तावित डा. सुब्बाको सुनुवाइ केही समयपछि सुरु हुनेछ ।

सांसदहरूले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष निर्वाचन सम्पन्न कसरी गर्ने, विद्यमान निर्वाचन कानुनमा हुनुपर्ने संशोधन, विदेशमा रहेका मतदाताको मतदान विषयमा प्रश्नसहित प्रतिबद्धता माग गरेका थिए । सभापति बोधनारायण श्रेष्ठले नतिजामा आधारित कार्ययोजना पेस गर्न निर्देशन दिए ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहित आयुक्तहरूमा वाग्ले र डा. सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । प्रस्तावित प्रमुख आयुक्त कार्कीको सुनुवाइ बुधबार हुनेछ ।