• Menu

एकैदिन ४२ विपद्का घटना, ३ को मृत्यु

नेपाल प्रफिट

२०८३ साउन १२, १४:०२

एकैदिन ४२ विपद्का घटना, ३ को मृत्यु

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । त्यसअवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका ७, भारी वर्षाका ६, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन् । ती घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सर्पदंशबाट १२, पहिरोबाट चार, आगलागीबाट दुई, भारी वर्षाबाट एक र जनावरको आक्रमणबाट दुई गरी २१ जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित एक करोड २२ लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ ।

यसैगरी देशभर नौ सडक खण्ड अझै अवरुद्ध छन् भने २२ वटा चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार