• Menu

सुन तोलामा ५ हजार ८०० र चाँदी १५५ रुपैयाँले घट्यो

नेपाल प्रफिट

२०८३ साउन ८, शुक्रबार ११:२१

सुन तोलामा ५ हजार ८०० र चाँदी १५५ रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य केही घटेको छ । बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ३५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको चाँदी चार हजार ५०५ मा कारोबार भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ४८० निर्धारण भएको थियो । गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी चार हजार ३७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।