• Menu

बोलबमका भक्तजनका लागि ‘रामादा बाई विन्धाम इटहरी’को विशेष प्याकेज सार्वजनिक

नेपाल प्रफिट

२०८३ साउन ५, १८:११

बोलबमका भक्तजनका लागि ‘रामादा बाई विन्धाम इटहरी’को विशेष प्याकेज सार्वजनिक

काठमाडौं । श्रावण महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनलाई लक्षित गर्दै रामादा बाई विन्धाम इटहरीले विशेष आवास तथा सेवा प्याकेज सार्वजनिक गरेको छ।

होटलले बोलबम यात्रुका लागि एक रात बसाइ, बुफे नास्ता, अतिरिक्त खानामा १५ प्रतिशत छुट, स्विमिङ पुल र फिटनेस सेन्टरको सुविधा समेटिएको विशेष प्याकेज ल्याएको जनाएको छ। एक जनाका लागि प्याकेज शुल्क ६ हजार ५०० रुपैयाँ र दुई जनाका लागि ७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। उक्त शुल्कमा लागू हुने कर भने समावेश गरिएको छैन।

पूर्वी नेपालको महत्वपूर्ण धार्मिक यात्रामध्ये एक मानिने बोलबम यात्रा प्रत्येक वर्ष बराहक्षेत्र-चतराबाट सुरु हुन्छ। श्रद्धालुहरूले सप्तकोशी नदीबाट पवित्र जल संकलन गरी पैदल यात्रा गर्दै धरानस्थित पिण्डेश्वर महादेव मन्दिरमा जलाभिषेक गर्ने परम्परा छ।

होटलका महाप्रबन्धक अभिमन्यु कायस्थले बोलबम यात्रा यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा भएकाले यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउन विशेष प्याकेज ल्याइएको बताए । यसले भक्तजनको यात्रालाई सहज बनाउनुका साथै उनीहरूको आस्था र समर्पणप्रति सम्मान व्यक्त गर्ने विश्वास पनि उनले व्यक्त गरे।

रामादा बाई विन्धाम इटहरीले पूर्वी नेपाललाई धार्मिक, सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्दै आएको जनाएको छ। होटलले पिण्डेश्वर महादेव मन्दिर, बराहक्षेत्र धाम र कोशी टप्पु वन्यजन्तु आरक्षलगायतका गन्तव्य भ्रमण गर्ने पाहुनाका लागि सहज आवास र सेवा उपलब्ध गराउँदै आएको छ।

होटलका अनुसार स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा सहयोग पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, देशका विभिन्न स्थानबाट आउने भक्तजन तथा पर्यटकलाई सुरक्षित, सहज र गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

इटहरीस्थित रामादा बाई विन्धाममा ८१ वटा कोठा तथा सुइट, विभिन्न भोजनालय, ब्यान्क्वेट हल, खुला लन, स्विमिङ पुल र आधुनिक फिटनेस सेन्टरसहितका सुविधा उपलब्ध छन्। होटल पूर्वी नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ।