• Menu

सुन तोलामा १ हजार ९०० र चाँदी ४० रुपैयाँले महँगियो

नेपाल प्रफिट

२०८३ साउन ३, १०:५२

सुन तोलामा १ हजार ९०० र चाँदी ४० रुपैयाँले महँगियो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार २४० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।