• Menu

बजेट कार्यान्वयनबारे अर्थमन्त्री र सचिवहरूबीच छलफल

नेपाल प्रफिट

२०८३ साउन ४, १३:०६

बजेट कार्यान्वयनबारे अर्थमन्त्री र सचिवहरूबीच छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका छन्।

अर्थ मन्त्रालयको सुवर्ण हलमा जारी बैठक अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा भइरहेको हो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विभिन्न मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, गृह तथा रक्षा मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउने विषयमा छलफल भइरहेको जनाइएको छ।