• Menu

शुक्लाफाँटा निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू सकुशल भेटिए

नेपाल प्रफिट

२०८३ साउन ४, १३:०३

शुक्लाफाँटा निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू सकुशल भेटिए

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन् ।

भीमदत्त नगरपालिका-१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका  रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका  महिलाहरु  परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।

‘सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो,’ उनले भने, ‘केहीबेर अघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।’

त्यसैगरी, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका-२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।

उनीहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।