• Menu

सुनचाँदीको मूल्य बढ्यो, बजारमा कति छ भाउ ?

नेपाल प्रफिट

२०८३ साउन १०, ११:०७

सुनचाँदीको मूल्य बढ्यो, बजारमा कति छ भाउ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी ६० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ४१० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र चाँदी चार हजार ५०५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।