• Menu

मुखभित्र खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका २२ वर्षीय अरमान खान झापाबाट पक्राउ

नेपाल प्रफिट

२०८३ साउन १०, ११:०९

मुखभित्र खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका २२ वर्षीय अरमान खान झापाबाट पक्राउ

झापा । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन् । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश  गरेका अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खानलाई शंका लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।