काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । बुधबारको तुलनामा सुन तोलामा ८०० ले बढेको छ भने चाँदी १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३१० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदी चार हजार ३२० कायम भएको थियो । गत मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३१० निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।