एजेन्सी । द्विपक्षीय वार्ता जारी रहेको अवस्थामा पाकिस्तानले अमेरिका र इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने काम गरिरहेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी स्रोतले संयुक्त राज्य अमेरिका र इरान बीचको तनाव कम गर्न मद्दत गर्ने कूटनीतिक प्रयासहरू जारी राख्दै, दुबै पक्षहरूलाई इस्लामाबादमा फर्कन आग्रह गरेको जनाएको छ ।
हाल स्ट्रेट अफ होर्मुजको स्थिति सामान्य बनाउन र तनाव कम गर्न दुवै पक्ष बीच वार्ता जारी रहेको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले पत्रकारहरुसँगको साक्षतकारमा बताएका छन् ।
पाकिस्तानले आफ्नो भावना र पाकिस्तान-कतारको संयुक्त वक्तव्य अनुरूप सबै अड़चनहरू हटाउन सकियोस भन्ने उदेश्यका साथ दुवै पक्षलाई इस्लामाबाद सम्झौता फिर्ता ल्याउन ‘सक्दो प्रयास’ गरिरहेको प्रवक्ता अन्द्राबीले बताएका छन् ।
प्रवक्ताले अन्द्राबीले हालैका दिनहरूमा सापेक्ष शान्तिका बावजुद खाडीको सुरक्षा अवस्था ‘अनिश्चित’ रहेको र पाकिस्तानले वार्ता र कूटनीति नै एकमात्र व्यावहारिक मार्ग रहेको विषयमा विश्वास गरेको बताएका छन् ।
पाकिस्तानले इरान र अमेरिका बीचको शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्ने प्रयासलाई स्वागत गरेको बताउदै उनले क्षेत्रीय शान्ति र स्थिरता प्रवर्धन गर्न इस्लामाबादले आफ्नो भूमिका जारी राख्ने बताएका छन् । हालै क्षेत्रीय शान्ति कायम गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र साउदी राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउद र लाल सागर र स्ट्रेट अफ होर्मुज हुँदै वैध समुद्री व्यापारको निर्बाध प्रवाह सुनिश्चित गर्न समन्वयमा काम गर्न सहमत भएको जनाइएको छ ।