• Menu

सुन तोलामा ४,३०० र चाँदी १३५ रुपैयाँले घट्यो

नेपाल प्रफिट

२०८३ साउन १२, १२:११

सुन तोलामा ४,३०० र चाँदी १३५ रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा चार हजार तीन सय घटेको छ भने चाँदी पनि एक सय ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार तीन सय १० कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो ।