चितवन । चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८.४१ प्रतिशत खर्च भएको छ ।
चितवन बिकासका लागि प्राप्त १० अर्ब २१ करोड ८५ लाखमध्ये पाँच अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए । उनले भने, ‘बोलपत्रदाताले कम रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ ।’
चालुतर्फ १४ अर्ब १८ करोड ४८ लाखमध्ये १३ अर्ब ५० करोड ३७ लाख खर्च भएको छ । स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो ।