• Menu

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन

नेपाल प्रफिट

२०८३ असार ३०, १२:११

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ ।

गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत अवस्थामा आज बिहान २:०५ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमडौंका प्रवक्ता, प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईले जानकारी दिए । २५ वर्षीय मण्डललाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको शरीरको ८० प्रतिशत बढी भाग जलेको थियो ।