• Menu

सप्तकोशीको बाढीले सप्तरीमा ५०० घर डुबानमा, दुई हजारभन्दा बढी परिवार प्रभावित

नेपाल प्रफिट

२०८३ असोज ११, आइतबार १२:०४

सप्तकोशीको बाढीले सप्तरीमा ५०० घर डुबानमा, दुई हजारभन्दा बढी परिवार प्रभावित

सप्तरी । लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका-५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका-४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् । शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।

उनले भने, ‘बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।’