• Menu

बाँकेमा लगातारको वर्षा र हुरीले धानबालीमा ठुलो क्षति

नेपाल प्रफिट

२०८३ असोज ११, आइतबार ११:१९

बाँकेमा लगातारको वर्षा र हुरीले धानबालीमा ठुलो क्षति

बाँके । लगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ ।

नेपालगन्ज-१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका-५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए ।