काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
उनलाई राती पक्राउ गरेको स्रोतले बताएको छ । अहिले उनलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।
२०७५ पुस १७ मा प्रधानन्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।
उनी प्रधानन्यायाधीश रहँदा मन्त्रिपरिषद सदस्यको भागबण्डा खोजेका आरोप लागेपछि विवादित बनेका थिए । कानुन व्यवसायीहरुले पनि उनीविरुद्ध लामो आन्दोलन गरेका थिए ।