• Menu

ताल फुटेपछि भोटेकोशीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

नेपाल प्रफिट

२०८३ भदौ १२, शुक्रबार १३:३१

ताल फुटेपछि भोटेकोशीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । भोटेकोशीमा जलसतह पुनःबढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्राधिकरणले जोखिम क्षेत्रमा रहेका सबैलाई सर्तकता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको नदीमा पानीको सतह बढेको हो । सो बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको बताइएको छ ।