
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् ।
उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले थापामगरले विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठकको मिति र समय निर्धारण गरेका हुन् ।
बागमती प्रदेशमा नयाँ सत्ता समीकरण बनेपछि एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते बिहीबार थापामगर मुख्यमन्त्री नियुक्त भएका थिए । अब उनले प्रदेशसभामा आफ्नो पक्षमा विश्वासको मत जुटाउनुपर्नेछ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal