
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताबीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्ने उपलब्धिलाई समेटेर कार्यसम्पादन सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मेहताले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गरेकी छन्।
सम्झौतामा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सुशासन, सामाजिक न्याय र समृद्धिका लक्ष्यलाई प्राथमिकतामा राखिएको छ।
कार्यसम्पादन सम्झौतामार्फत चालु आर्थिक वर्षमा मन्त्रालयले गर्ने प्रमुख काम, निर्धारित लक्ष्य तथा हासिल गर्नुपर्ने उपलब्धिलाई स्पष्ट गर्दै स्वास्थ्य सेवाको प्रभावकारिता र परिणाममुखी कार्यसम्पादनमा जोड दिइएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal