• Menu

प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यद्वारा शपथ र पदभार ग्रहण

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १६:४१

प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यद्वारा शपथ र पदभार ग्रहण

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले बुधबार शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन्।

सञ्चारग्रामस्थित काउन्सिलमा आयोजित कार्यक्रममा अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराएका हुन्।

शपथपछि अध्यक्ष श्रेष्ठले नवनियुक्त सदस्यहरू पत्रकारिता क्षेत्रका अनुभवी तथा दिग्गज व्यक्तित्व रहेको उल्लेख गर्दै काउन्सिलमा नयाँ परिवर्तनका लागि काम गर्नुपर्ने बताए।

उनले नयाँ जिम्मेवारीमा आएका सदस्यहरूले आफ्नो कार्यकालमा केही न केही सकारात्मक परिवर्तन गरेर जानुपर्नेमा जोड दिए।

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कार, कार्यप्रणाली तथा जिम्मेवारीका विषयमा संक्षिप्त जानकारी गराएका थिए।

शपथपछि नवनियुक्त सदस्यहरूलाई काउन्सिलसँग सम्बन्धित ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत आवश्यक सामग्रीसमेत प्रदान गरिएको थियो।