• Menu

कारोबारसँगै घट्यो सेयर बजार

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १६:१२

कारोबारसँगै घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ अंकमा कायम भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले घटेर ४६१ अंकमा पुगेको छ। फ्लोट परिसूचक ०.०२ अंकले घटेर १७९.९५ अंकमा कायम हुँदा सेन्सेटिभ फ्लोट परिसूचक १५५.७५ अंकमा स्थिर रहेको छ।

आज ९५ लाख ८ हजार ८८२ कित्ता सेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरमा कारोबार भएका छन्।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक बढेको छ भने आठ उपसमूह घटेका छन्। आज १११ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ भने १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी र आरबिबी म्युचुअल फन्डका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, आइसिएफसी डिबेञ्चर र सनराइज ब्लुचिप फन्डका लगानीकर्ताले गुमाएका छन् ।