• Menu

गृहमन्त्री गुरुङद्वारा गोरखास्थित बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय अनुगमन

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १३:४५

गृहमन्त्री गुरुङद्वारा गोरखास्थित बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय अनुगमन

गोरखा । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालयको अनुगमन गरेका छन् ।

गण्डकी गाउँपालिका-१, भीमचुलीनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीसँग आयोजनाको वर्तमान अवस्था तथा कार्यालयबाट भइरहेका कामबारे जानकारी लिएका हुन्।

मन्त्री गुरुङले स्थलगत रूपमा कार्यालयको गतिविधिको निरीक्षण गर्दै बुढीगण्डकी जलविद्युत आयोजनासँग सम्बन्धित विषय तथा स्थानीयस्तरमा देखिएका समस्याबारे समेत जानकारी लिएका थिए ।

अनुगमनका क्रममा उनले आयोजना निर्माणसँग सम्बन्धित गतिविधि, कार्यालयको कार्यसम्पादन तथा स्थानीयस्तरमा भइरहेका कामलाई नजिकबाट बुझ्ने प्रयास गरेको बताइएको छ।