
नाइमा एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान प्रदर्शनमा राखिएका छन्। व्यावसायिक तथा विद्यालय र कलेजका लागि लक्षित यी भ्यानमा आधुनिक प्रविधि, उच्च क्षमताका ब्याट्री, बढी शक्ति तथा पर्याप्त ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
११ र १२ सिट क्षमताका मोडलमा ४१.८६ किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ७० किलोवाट अधिकतम शक्ति र १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यी मोडलले एकपटकको पूर्ण चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ८० किलोवाट अधिकतम शक्ति र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यसले पनि एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको यात्रा दूरी दिने बताइएको छ।
१६ सिट क्षमताको मिनी बसमा ५३.५८ तथा ७० किलोवाट क्षमताका सिएटिएल ब्याट्री विकल्प उपलब्ध छन्। यी मोडलमा क्रमशः ८० र १२० किलोवाट अधिकतम शक्ति तथा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। मोडलअनुसार यसले २८० देखि ३५० किलोमिटरसम्मको यात्रा दूरी प्रदान गर्ने कम्पनीले जनाएको छ।
व्यावसायिक प्रयोजनमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला चेरी वान्डाका विद्युतीय भ्यान यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ।
चेरी वान्डाले विद्युतीय व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकका लागि बिना धितो हायर पर्चेज सुविधा उपलब्ध गराएको जनाएको छ। यस सुविधाले व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय विकल्प उपलब्ध हुने कम्पनीको दाबी छ।
एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकले चेरी वान्डाका विभिन्न विद्युतीय भ्यानका मोडल, प्राविधिक विशेषता, यात्रा दूरी तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal