
कञ्चनपुर । भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु भएको छ।
भवन निर्माणको शिलान्यास शनिबार नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा गरेका हुन्।
नेपालस्थित भारतीय राजदूतावासअन्तर्गत सञ्चालन हुने उच्च प्रभाव सामुदायिक विकास परियोजना मार्फत निर्माण हुने उक्त भवन भीमदत्त नगरपालिकाले कार्यान्वयन गर्नेछ। यो परियोजना कञ्चनपुरमा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
भवन निर्माणका लागि रु १ करोड ९ लाख खर्च हुने जनाइएको छ।
शिलान्यास कार्यक्रममा उपप्रमुख नीलम लेखक जोशीले शिक्षा पूर्वाधार विकासमा भारत सरकारले निरन्तर प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्दै नयाँ भवन निर्माणपछि विद्यार्थी र शिक्षकका लागि थप सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal