• Menu

कैलालीको डोडा नदीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

नेपाल प्रफिट

२०८३ साउन १०, १६:१७

कैलालीको डोडा नदीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका-१ लोहारपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार आइतबार दिउँसो करिब १ बजे स्थानीय डोडा नदीमा नुहाउन गएका चार जना बालकमध्ये स्थानीय टेकेन्द्र बोहरा नदीमा डुबेका थिए।

साथीहरूले घटनाबारे जानकारी गराएपछि उनकी आमा पुष्पा बोहरा तथा स्थानीयवासीको सहयोगमा टेकेन्द्रलाई नदीबाट उद्धार गरी उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।