• Menu

पाँचौँ दिन पनि बढ्यो सेयर बजार, २३९ कम्पनीका लगानीकर्ताले कमाए

नेपाल प्रफिट

२०८३ साउन ४, १६:०६

पाँचौँ दिन पनि बढ्यो सेयर बजार, २३९ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । नेपाली सेयर बजारमा लगातार पाँचौं कारोबार दिन पनि हरियाली देखिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंकले बढेको बजार साताको पहिलो कारोबार दिन सोमबार थप ४१.७० अंक (१.५५ प्रतिशत) ले उकालो लाग्दै नेप्से परिसूचक २७१९.०२ अंक मा पुगेको हो ।

लगातार दुई कारोबार दिनमै नेप्से करिब १२० अंकले बढेको छ । सोमबारको बन्द अंक पछिल्लो एक महिनाकै उच्च हो । यसअघि जेठ २९ गते नेप्से २७२४ अंकमा पुगेको थियो ।

दिनभर बजार सकारात्मक रहँदा बन्द हुँदाको अंक नै कारोबार अवधिभरकै उच्च बिन्दु बनेको थियो ।

कारोबार रकम पनि बढेको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँ को सेयर किनबेच भएको छ। आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशत ले बढ्यो । त्यसपछि अन्य समूह २.८१ प्रतिशत, जलविद्युत २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, लगानी १.५५ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत, व्यापार १.१४ प्रतिशत, वित्त ०.९३ प्रतिशत, जीवन बिमा ०.८४ प्रतिशत, बैंकिङ ०.५५ प्रतिशत, निर्जीवन बिमा ०.४४ प्रतिशत र लघुवित्त ०.३७ प्रतिशत ले उकालो लागे ।

व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत एभरेस्ट कलर को सेयर मूल्य १५ प्रतिशत ले बढ्यो । त्यस्तै रिजलाइन इनर्जी १३.९५ प्रतिशत, श्रीनगर एग्रिटेक १०.९५ प्रतिशत, सोलु हाइड्रोपावर ९.९३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ८.६२ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट ८.६१ प्रतिशत र शिखर पावर ७.८३ प्रतिशतले उकालो लागे ।

यता आत्मनिर्भर लघुवित्त को सेयर मूल्य ६.८६ प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंक को ६.८५ प्रतिशत ले घट्यो ।

कारोबार रकमका आधारमा सोमबार आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्स अग्रस्थानमा रहे ।