• Menu

लहान कृषि सामग्री कम्पनीद्वारा एकै वर्षमा १६ हजार मेट्रिक टनभन्दा बढी मल बिक्री

नेपाल प्रफिट

२०८३ साउन ३, १२:१९

लहान कृषि सामग्री कम्पनीद्वारा एकै वर्षमा १६ हजार मेट्रिक टनभन्दा बढी मल बिक्री

धनुषा । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै थप आपूर्ति पनि हुने बताएको छ ।

आर्थिक वर्षमा १६ हजार ८४०.३७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाउँदै कम्पनीले हाल ५५.६०० मेट्रिक टन युरिया, २१९ दशमलव ६५० मेट्रिक टन डीएपी, ८६.६५० मेट्रिक टन पोटास र ७८.७७५ मेट्रिक टन कृषि चुन मौज्दात रहेको  बताएको छ ।

कार्यालय प्रमुख चेवन खड्काका अनुसार मलको नियमित आपूर्तिलाई व्यवस्थित बनाइएको छ । कृषि उत्पादन वृद्धि गर्न  किसानलाई समयमै मल र अन्य कृषि सामग्रीको अभाव नहुने उनले बताए ।