• Menu

भानुभक्तका आदर्श र कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ : सभामुख अर्याल

नेपाल प्रफिट

२०८३ असार २९, ११:३८

भानुभक्तका आदर्श र कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएका छन्।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै सभामुख अर्यालले नेपाली भाषा, साहित्य तथा राष्ट्रिय एकताको प्रवर्धनमा भानुभक्तको योगदान ऐतिहासिक र अनुकरणीय रहेको बताए  ।

उनले भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषा र पहिचानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनका आदर्श र कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए।