काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थल परिसरभित्र पत्रकार सम्मेलन गरी सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
प्रहरीका अनुसार निषेधित क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न अनुमति नभएकाले उनलाई नियन्त्रणमा लिई आवश्यक सम्झाइबुझाइपछि घरसम्म पुर्याइएको हो।
प्रसाईंले आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनासँग सम्बन्धित विषयमा आफ्नो धारणा सार्वजनिक गर्न विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए ।