• Menu

प्रतितोला एक लाख ५७ हजार तीन सय पुग्यो सुनको भाउ

नेपाल प्रफिट

२०८१ भदौ ३१, ११:३५

प्रतितोला एक लाख ५७ हजार तीन सय पुग्यो सुनको भाउ

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लाग्दा नेपाली बजार पनि प्रभावित भएको हो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा उतारचढाव हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि निर्धारण भएको सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँ निर्धारण भएको । आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । आइतबार प्रतितोला एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको हो ।