• Menu

प्रतितोला एक लाख ५६ हजार तीन सय पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार ११:४०

प्रतितोला एक लाख ५६ हजार तीन सय पुग्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको हो ।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ८६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।