• Menu

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ भदौ २३, १२:१०

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आइतबार तोलामा एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आइतबारका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।