• Menu

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख ५३ हजार १ सय निर्धारण

नेपाल प्रफिट

२०८१ भदौ १२, बुधबार १०:५२

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख ५३ हजार १ सय निर्धारण

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ निर्धारण भएको हो ।

यसअघि भदौ ५ गते सुनको मूल्य १ लाख ५३ हजार कायम भएको थियो । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेर हालसम्मकै उच्च कायम भएको महासंघले जनाएको छ । सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । मंगलबार १ हजार ८५० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य आजका लगि १ हजार ८५५ रुपैयाँ निर्धारण भएको हो ।