• Menu

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३ हजार बढ्यो

नेपाल प्रफिट

२०८१ भदौ २, १२:०८

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३ हजार बढ्यो

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको सुनको मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्यमा आज प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको हो ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको हो ।