• Menu

सुनको मूल्य तोलामा नौ सय घट्यो, एक लाख ४९ हजार ६ सय निर्धारण

नेपाल प्रफिट

२०८१ साउन ३२, शुक्रबार १२:२६

सुनको मूल्य तोलामा नौ सय घट्यो, एक लाख ४९ हजार ६ सय निर्धारण

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा नौ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँका दले कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको हो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० रुपैयाँ निर्धारण भएको हो ।