• Menu

रोवर्ट र व्यवसायी मीनबहादुर गुरुङले गरे यू एन भी स्टोरको ओपनिङ

नेपाल प्रफिट

२०८१ साउन ३१, १२:५०

रोवर्ट र व्यवसायी मीनबहादुर गुरुङले गरे यू एन भी स्टोरको ओपनिङ

काठमाडौं । चिनियाँ टेक ज्वाइन्ट कम्पनी यू एन भीले अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । राजधानी काठमाडौंको सिटिसी मल सुन्धाराको दोस्रो तल्लामा बुधबार व्यवसायी मीनबहादुर गुरुङ, रोवोर्ट तथा कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले संयुक्त रुपमा सोरुम उद्घाटन गरेका छन् ।

सोरुममा यू एन भी कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम, अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाइजेसनमा आधारित एटेन्डेन्स सिस्टम (ई–हाजिरी), भिडियो इन्टरकम सिस्टम, ६५ इन्च, ७५ इन्च, ८६ इन्च र ९८ इन्चका स्मार्ट इन्ट्रयाक्टिभ बोर्डलगायतका डिजिटल सेक्युरिटीका सबै प्रोडक्ट र सर्भिस उपलब्ध हुने यू एन भी स्टोरका डिरेक्टर हरिराम रिमालले जानकारी दिए ।

त्यसैगरी नेपालमा अत्याधुनिक रुचाइएको ईभी कारको चार्जिङ स्टेसनहरुमा सहकार्यका लागि छलफल भइरहेको पनि रिमालले बताए ।

कार्यक्रमका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले आफूहरुले यो टिमसँग १६ वर्षयता डिजिटल सोलुसन लिइरहेको र भविष्यमा अझ नयाँ टेक्नोलोजीहरुमा सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे ।

त्यसैगरी यू एन भीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले साउथ एसियामै नेपालीहरु व्यावसायिक रुपमा इमानदार र मेहनती रहेको र आफूहरु नेपालमै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको जानकारी गराए । यू एन भी स्टोरका संस्थापकद्वय हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले युवा भए पनि आफूहरुले पाँच वर्ष सहकार्य गर्दा व्यावसायिक रुपमा परिपक्व पाएको बताए ।

शुभारम्भको अवसरमा स्टोरले ओपनिङ डिस्काउन्टको रुपमा प्रायः सबै प्रोडक्टमा २० प्रतिशत डिस्काउन्ट उपलब्ध गराएको छ । अर्को सूचना नआएसम्म डिस्काउन्ट कायम रहने डिरेक्टर रिमालले बताए ।

उद्घाटनको समयमा ४ सयभन्दा धेरै सहभागीले स्टोरको अवलोकन गरेका छन् । देशभर १ सय ५० भन्दा धेरै डिलरले काम गरिरहेकाले देशैभर यू एन भीका उत्पादन उपलब्ध छ । स्मार्ट स्टोरहरुलाई विस्तार गर्दै जाने यू एन भी नेपालका सेल्स हेड सार्दक अधिकारीले जानकारी दिए ।