काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने व्यक्तिगत आवास कर्जाको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको मौद्रिक नीतिबाट व्यक्तिगत आवास कर्जाको सीमा बढाएको हो ।
हालसम्म २ करोड रूपैयाँ रहेको व्यक्तिगत आवास कर्जाको सीमा दुई करोड ५० लाख रूपैयाँ पुर्याइएको छ । यसअघि पनि समीक्षामार्फत एक करोड ५० लाखको सीमालाई २ करोड रूपैयाँ पुर्याइएको थियो ।