• Menu

मौद्रिक नीति २०८१/८२

राष्ट्र बैंकले घटायो नीतिगत दर, थप ब्याज घटाउन बैंकहरुलाई सहज

नेपाल प्रफिट

२०८१ साउन ११, शुक्रबार १३:०६

राष्ट्र बैंकले घटायो नीतिगत दर, थप ब्याज घटाउन बैंकहरुलाई सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर र नीतिगत दर घटाएको हो । यससँगै बैंकहरुलाई ब्याजदर थप कम गर्न बाटो खुला भएको छ ।

ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई भने यथावत् राखिएको छ ।

राष्ट्र बैंकले बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने सर्तहरुलाई लचिलो बनाइने जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई भने राष्ट्र बैंकले निरन्तरता दिएको छ ।