• Menu

प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न

नेपाल प्रफिट

२०८३ मंसिर ११, शुक्रबार १६:१६

प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित परिषद्को सचिवालयमा सम्पन्न बैठकमा समग्र सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो । बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन, विपद् प्रतिकार्य तयारी, राष्ट्रिय सुरक्षाजस्ता विषयमा छलफल भएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले जानकारी दिइन् ।