काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेलले सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।
उनी पहिलो पटक २०७२ कात्तिक र दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ र चौथो पटक २०७९ पुसमा अर्थमन्त्री बनेका थिए ।
त्यसबाहेक तीन पटक पौडेल अरु मन्त्रालय सम्हालेका छन् । उनी २०५३ मा युवा खेलकुद तथा संस्कृतीमन्त्री, २०६५ मा जलस्रोतमन्त्री र २०६७ मा रक्षामन्त्री बनेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि अर्थमन्त्रीमा पौडेलको नाम चर्चामा आएको थियो । सेयर लगानीकर्ताले रुचाएका पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै नेप्से परिसूचक २ सय अंकले बढिसकेको छ ।