• Menu

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार १५:४४

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ ग्रामभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान १ः२५ बजे हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्दा सुन फेला परेको हो ।

उनले मलद्वारभित्र प्लास्टिकले बेरेर सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । बरामद पदार्थको तौल एक किलो ८०३.७७ ग्राम रहेको छ ।

पक्राउ परेका वाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।