काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालि वस्तु व्यापार कारोबार गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले मंगलबार उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा सीजी इम्पेक्सलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजी इम्पेक्सका तर्फबाट सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
त्यसैगरी, चौधरी ग्रुपकै लगानी रहेको नबिल बैंक पनि बैंकिङ क्षेत्रतर्फ उत्कृष्ट करदाता बनेको छ। बैंकिङ कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेपछि नबिल बैंकलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको हो।
राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गर्दै आएको छ।