• Menu

पर्सामा ११ जना फरार प्रतिवादी पक्राउ

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १५:२१

पर्सामा ११ जना फरार प्रतिवादी पक्राउ

पर्सा । प्रहरीले एघार जना फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ ।

पर्सा जिल्ला अदालतबाट भएको फैसलाबमोजिम विभिन्न मुद्दामा लगत लागेका ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

यसैगरी, प्रहरीले मोटरसाइकल चोरी कार्यमा सलंग्न एक जना व्यक्ति पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका-२४ रामगढवा बस्ने कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३-०३५ प ७१७५ नम्बरको २२० सिसीको रातो कालो रङ्गको पल्सर मोटरसाइकल बरामत गरिएको हो ।

वीरगन्ज महानगरपालिका-१६ लिङ्करोडस्थित सडकखण्डको छेउमा पार्किङ गरी राखेको अवस्थामा लक तोडी डोर्याउँदै भाग्दै गरेको अवस्थामा राकेश चौधरीलाई प्रहरीले पक्राऊ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ लिङ्करोडबाट उक्त नम्बरको मोटरसाइकलसहित बारा जिल्ला निजगढ नगरपालिका-११ बस्ने वर्ष २७ को चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइन्छ । रासस