• Menu

सुनको मूल्य बढेर २ लाख ७५ हजार पुग्यो, चाँदीको घट्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १७, मंगलबार ११:३७

सुनको मूल्य बढेर २ लाख ७५ हजार पुग्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ७०० ले बढेको छ भने चाँदीको मूल्य ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार र चाँदीको मूल्य तीन हजार ६७५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य तीन हजार ७२० कायम थियो ।