काठमाडौँ । सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय निर्धारण भएको हो ।
त्यस्तै बुधबार प्रतितोला एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।