• Menu

सुन तोलामा ८ हजार ३०० र चाँदी १७५ रुपैयाँले घट्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १५, आइतबार १२:०२

सुन तोलामा ८ हजार ३०० र चाँदी १७५ रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ८ हजार ३०० र चाँदी १७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ७२ हजार  र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार ६५० निर्धारण भएको छ ।

गत शुक्रबार  छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३००  र चाँदी तीन हजार ८२५ मा कारोबार भएको थियो ।